सुत्केरीमा कोरोना देखिएपछि कमलविनायकमा सतर्कता अपनाइदै

काठमाडौं । एक सुत्केरीमा कोरोना भाइरस देखिएपछि भक्तपुर कमल विनायक क्षेत्रमा उच्च सतर्कता अपनाइको छ ।

कमलविनायकमा डेरा गरी बस्ने ३० वर्षीया सुत्केरी महिलामा (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यतिबेला कमलविनायक वरपरका क्षेत्रमा सतर्कता अपनाइएको जनकारी दिए ।

कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ भेलिभरी गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु