‘इश्वरसँग दयाको अपेक्षा गर्नु सहि होइन, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ’

काठमाडौं । वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङलाई संसारमा नचिन्ने को होलान र ।  उनलाई दोस्रो आइन्सटाइन पनि भनिन्थ्यो । उनले आफ्नै निवास युकेको क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा देह त्याग गरे ।

शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जब उनि २१ बर्षका थिए उनि असक्त भए । डाक्टरले उनलाई न्युरो रोगको कारण प्यारालाईज्ड भएको र २ बर्ष भन्दा बढी नबाच्ने दाबी गरेका थिए तर उनि अरु ५५ बर्ष बाँचेर संसारलाई अचम्मित मात्र पारेनन् भौतिक शास्त्रका ठुला बाज्ञानिक भएर देखाईदिए ।

विद्यालय जीवनमा उनी अतिनै सामान्य विद्यार्थी थिए भन्ने गरीन्छ । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षक तथा परीवार समेत चिन्तित थिए । तर पछी त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा संसार विख्यात भए, भौतिक विज्ञानको खोजले ।

अचम्म त के छ भने सन् १९८८ मा हकिङले लेखेको पुष्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लायो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भएको जनाईन्छ । पत्रपत्रिकाहरुमा हप्तौ सम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भईरहे ।

ईश्वर, एलियन र मानिस
स्टिफन हकिङ संसार ईश्वरबाट सञ्चालित छ भन्नेमा विश्वास गर्दैनथे । उनलाई लाग्थ्यो यो विश्वभन्दा बेग्लै अर्को संसार पनि छ, तर उनीसँग त्यसको स्पष्ट प्रमाण थिएन । उनी त्यो पुष्टि गर्ने कोशिशमा थिए ।

उनले भगवानको अस्तित्व खारेज गरेर सृष्टिको श्रेय गुरुत्वाकर्षणको नियमलाई दिएका छन् । सन् २०१० मा प्रकाशित द ग्राण्ड डिजाइन पुस्तकमा उनले लेखेका छन्– ‘ब्रह्माण्ड फेरि एक पटक शून्यबाट शुरू हुन सक्छ र हुनेछ ।

त्यसरी अचानक हुने खगोलीय घटना नै हाम्रो अस्तित्वका लागि जिम्मेवार छ । त्यस्तो अवस्थामा ब्रह्माण्ड सञ्चालन गर्न ईश्वरको आवश्यकता पर्दैन ।’

हकिङले आफ्नो लेक्चर ‘लाइफ इन द यूनिभर्स’ मा एलियनबारे विचार राखेका छन् । ब्रह्माण्डमा पृथ्वी जस्ता अनेकौं तारा र तिनमा जीवन हुनसक्ने अनुमान गरेका छन् ।

ग्लोबल वार्मिङप्रति संसारको ध्यानाकर्षण गर्न उनी पर्यावरण मुद्दामा कठोर टिप्पणी गर्थे, राजनीतिप्रति चासो राख्थे र समकालीन विज्ञान जगतमा मस्त रहन्थे । फुर्सदको समयमा उनी आइन्स्टाइनजस्तै शास्त्रीय संगीत सुन्थे । मोजार्ट र विथोभेनलाई सुनेर उनी आफ्नो शारीरिक अवस्था बिर्सन्थे ।

स्टिफन हकिङले बिभिन्न चरणमा भनेका केहि महत्वपूर्ण भनाई वा बाणीहरु पढौ ! यसले हाम्रो जीवननै बदलीदिन सक्छ ?

१-मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।

२-आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।

३-जसलाई आफ्नो क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।

४-म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

५-मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

६-ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

७-म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

८-मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

९-हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।

१०-हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

११-तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१२-यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

१३-यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

१४-कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

१५-जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।

सम्बन्धित शिर्षकहरु