अष्ट्रेलियामा दु:खमा परेका नेपाली विद्यार्थीलाई भिएफएमद्धारा निरन्तर राहत

सन्जिव अर्याल

असनेपाल न्युज /अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न विभिन्न संघ संस्थाले आ-आफ्नो स्थानबाट अभियान चलाई रहेका छन् । यसै क्रममा भिजन फर मोडिभेसन (VFM ले नेपाली विद्यार्थीलाई निरन्तर राहत वितरण गर्दै आइरहेको छ ।

अहिलेसम्म सहयोग बाँड्ने क्रम १२ सय विद्यार्थी माफ पुगेको भिएफएमका संस्थापक अध्यक्ष महेश प्रसाईले अस नेपाल न्युजलाई बताउनु भयो ।

सो कार्यक्रममा अवलोकनको लागि पुग्नु भएका अष्ट्रेलियाका नेपाली राजदुत महेशराज दाहालले यस्तो कार्यक्रम प्रसंशानिय रहेको बताउदै विदेशमा विश्वका जुनसुकै देशमा रहेका नेपालीहरुले विपदको बेलामा आपसी सहयोग र सहकार्यका सबैको समस्या समधान हुने बताउनु भयो ।

त्यसै गरेर अष्ट्रेलियाको न्यु साउथ वेल्स स्थित महावणिज्य दुत दिपक खड्काले साना साना सहयोगले पनि ठूला समस्याहरुको समाधान हुने बताउँदै भिएफएम लगायत स्वय सेवकको प्रशंसा गर्नु भयो ।

सो अवसरमा गैर आवसिय नेपाली संघ अष्ट्रेलियाका संस्थापक अध्यक्ष तथा एनआरएन केन्द्रको तर्फवाट मनु केसी, विश्व शान्ती तथा अध्यात्मक विज्ञानका तर्फबाट आर्चाय राजन शर्मा(भिमसेन सापकोटा) , नेपाली जन सम्पर्क समिति न्यु साउथ वेल्स परिषदका अध्यक्ष इथान शाक्य, नेपाली समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तमाड, नेकका उपाध्यक्ष राजेश जोशी लागायत भिएफएमले चालेको सो कदमको प्रशंसा गरेका थिए ।

भिएफएम राहत स्वरुप ७० डलर बराबरको चामल, गेडागुडी, अन्य खाद्यन्यहरुलाई वितरण गर्दै आई रहेका छन् । भिएफएमले समुदायको विभिन्न दाताहरुलाई समन्यन गरेर सहयोग अपिल गर्दै आएको छ ।

विभिन्न संघ संस्थाहरुले यस्ता सहयोगको कार्यक्रम ल्याई रहेका छन् । सो कार्यक्रमा सहभागी बन्नका लागि आवश्यक संकटमा परेका विद्यार्थी तथा व्यक्तिहरुले भिएफएम तथा समुदायका प्रतिनिधीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अष्ट्रेलियामा भिएफएम लगायत गैर आवसिय नेपाली संघ, विश्वशान्ति तथा अध्यात्मक विज्ञान लगायत विभिन्न संघ संस्थाले आपतमा परेको विद्यार्थी तथा व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन् ।

सम्बन्धित शिर्षकहरु