कवि उदय निरौला ।
प्रशान्त !तिम्रो काखको अष्ट्रेलिया भेट्न म कसरी अाइपुगेँ, यो पनि गजवकै संयोग छ।म विदेश घुम्न सक्ने अार्थिक हिसाबले कुनै पर्यटक पनिहैन।सायद मस्तिष्कको कुनै कुनामा अवचेतनमनभित्र एउटा घुम्ने चाहनाको सफ्टवेयर बनेर हार्डडिस्कमा बसेको हुँदो हो ?र कालान्तरमा त्यो प्रकटभएर अवशरर लिएर अाएको हुँदो हो ?भाइ प्रज्वल रेग्मीले सबै कुरा मिलाएकाले अाउन पाइएको हो।विदेशको भिसा पाउन हामीहरू लाई गार्हो छ ।उनको हैसियत अलि माथिल्लो नभएको भए हामी विनिता र मलाई सिधा भिशा दिने पनि थिएन।बुवा अामालाईछोराछोरीकोमा अाउन जस्तो सजीलो हामीलाई अलि हुने थिएन।फेरि हाम्रो त बटालियन जम्बो नै थियो।हाम्रो अादरणीय दाजु विश्वराज रेग्मीर भाउजू अनु रेग्मी (भाइ प्रज्वलका माता पिता) अनि उनका दाजु प्रतीक रेग्मी र भाउजु रमा रेग्मी अनि हामी र उनीहरूका छोरा अादित समेत गरेर हामी भारतको कुनै तिर्थ गएझैं हुल नै थियौं। एउटै मान्छेको यति बढी पाहुना लाई प्रवेश अाज्ञा दिनलाई अामन्त्रण गर्नेको हैसियत माथिल्लो हुनपर्छ।रहेछ ,र नै दियो पनि।हामीले २०७६माघ३गते बिहानको११बजे चाइनाएयरलाइन्सको बिमानबाट अाफ्नो प्रीय भुमिको राजधानी काठमाडौं लाई छाड्दै अनन्त अाकाशतिर हुँईकिएका थियौं ।जहाज विस्तारै अल्गँदै अल्गँदै अनन्तको यात्राको पथमा हुँइकियो अनि मेरो भुमि ,मेरा अाँखाका नानी बाट अोझेल भयो ।बिमानमा चानइजिज एयरहोस्टेज नानीहरूले राम्रै स्वागत र सेवा गरे।अनन्तमा उड्दा उड्दा हामी त्याँहाको समयानुसार ६बजे गोञ्जाअो विमानस्थलमा अवतरण गरेका थियौं ।अनि सरासर त्यो ट्रान्जिटमा अाफ्नो यात्राको विन्दु कक्षमा१०मिनटको एयरोर्ट भित्रको यात्रा पछि पुगेका थियौं ।ट्रान्जिट को समय छोटो भएकाले त्यो चाइनाको सुन्दर र बडेमान को एयरपोर्टलाई अाँखामा राम्रो सँग सजाउन पाइएन।त्याँहाको समयानुसार हामी बेलुकी ७/३०बजे अष्ट्रेलिया तर्फ उहीँ चाइना साउथ एयरलाइन्स को अझै ठूलो जम्बो चडेका थियौं ।अँध्यारोमा त्यो विमान पुर्विअाकाशतिर हुँइकिएको मेरा अगाडिकोसिटको दुरदर्सन यन्त्रले देखाई रहेको थियो।रातको ९बज्दा बिमानले तिमीलाई भेटेको थियोे प्रशान्त ।कति फैलिएको तिमी ।तिमीलाई हेर्दै, नाप्दै विमान उडिनै रह्यो त्यो रातकोअँधेरी गहराईमा लगातार मेरा यी अाँखाहरू त्यो मेरो अघिल्तिरको सिटमा टाँसिएको टेलिभिजनमा तिमीमा नैटाँसिरे टाँसिरहहे ,निन्द्रनामको कुनै चरा रातको ३बज्दासम्म अाँखाले भेटको थिएन ।अाखाँहरू लगातार तिम्रो निलो पानी र काल्पनिक गहराइको कुवालाई नापिनै रहे थाकेनन् किमार्थ ,गलेनन् पटक्कै , र झिम्कएनन् कदाचित म अाफु अाँफैमा अाश्चार्यचकित भएको थिएँ प्रशान्त !तिम्रो छातिमाथि।उड्दा उड्दै विमान कुनै एक बिन्दुबाट निकै अल्गो पर्वतबाट तल झरेको र झर्दै झर्दै अाएको संझिरहेँछु म ठाडै ओरालो झरेको त्यो कुन विन्दु हो?भूगोलको मैले मानचित्रमा पढ्न जानिन सोधेकाहरूले त्यो ख्याल नै गरेका रहेनछन् सायद निन्द्रानगरीमा डुब्दाहुन् ,ठ्याक्कै त म भन्न सक्दिन तर त्यो मलेसियाको पुरवी किनार हुनुपर्छ म लख काटरहेकोछु ।त्याँहाबाट बिमानले तिमी लाई छोयो र सिधै ठाडो अोर्हालो झर्यो ।अर्थात् दक्षिण झर्यो ।झर्दा विमान को चुच्चो सिधा जमिनतिर र पुच्छर अाकाशतिर ठ्याक्कै देखिन्छ ,लाग्छ यात्रुलाई कतै विमा सिधा तिम्रो छातिमा त घोप्टिएर अाफ्ना पीडाका अाँशुहरू , वेदनाका गितहरू, र उकुसमुकुसका कविताहरू त सुनाईरहे छैन?लाग्छ नै।मलाई लाग्यो अरूहरूलाई नलागे पनि विमान अोर्लिरहेको यथार्थ लाई भने नकार्लान् भन्ने मलाई लाग्दैन।

अँ प्रशान्त !तिम्रो खुला छातिको बाहिरी अावरण भने ऐले तिम्रो किनारामा उभि रहँदा भन्दा छर्लंग त त्यही स्क्रिनमा मैले देखेको हूँ, छामेको हूँ र पढको हूँ ।कति स्पिड तिम्रो दौडको त्यो विमान दौडनै रह्यो ,दौडिनै रह्यो लगातार घडीको काँटा सर्दैनै रह्यो ,सर्दै नै रह्यो अष्ट्रेलियाको पर्थ भनिने स्टेट नभेटुन्जेल तिम्रो सफा, स्निग्ध,र शान्त अनि नलो पानी भएर।३/घण्टा को अभिछिन्न ठाडो अोर्हालो पछि तिमीलाई विमानले छाडिदियो र अष्ट्रेलियन जमिनलाई पार गर्दै रह्यो अरू ५घण्टा।करिव विहानको ६बजेतिर विमननमा चिनका ती परीहरूको अावाजले सबै यात्रुका निन्द्रालाई चुँडाईरहेको थियो ,विहानको विमानको नास्ताले अर्थात् तिम्रा भाषामा ब्रेकफास्टले।खाजा र चिया पछिको करिब एक घण्टामा प्रशान्त !तिम्रो यो सिड्नी माया नगरीलाई माथि अाकाशबाटै सबै यात्रुका अाँखाहरूले दन् दन् दन्काईरहेका, पिइरेका र टाँसिरहेका थिए अनेकन् सौर्न्दर्यका अनुपम नमुनाहरू र मैले पनि पिँए सौर्न्दर्यका जुसहरू, सर्वतहरू र सातुहरू।यत्तिकैमा विमानले सिड्नीको विमानस्थलको भुँईमा खुट्टा राख्न पुग्यो, विमानस्थलको चेकजाँच र पास सकेर बाहिरीँदा नेपाली समय ७बजेको थियोे र प्रशान्त !तिम्रो यो मायानगरी अर्थात् सिड्नीको समय अनुसार २०७६/माघ महिनाको दिउँसोको १२/३०बजेको थियोे ।
विमानस्थल बाहिर हाम्रो प्रतीक्षामा भाइ प्रतीक रेग्मी गाडी लिएर बसिरहेका थिए।सिड्नी विमानस्थल लाई हामीले बाइ!गरेर पोका, पन्त्यौरनकासाथ छाडिदियौं।बाटो अतिचौडा छलेनको हाईवे सफा ,शान्त अनि स्निग्ध बाटको दुवै तर्फका रूख विरूवाहरू चटक्कै पारेर बेहुली सिंगारेझैं सिँगारिएका अनि हर्न नबजाई , नचुँइकिकन एउटै रफ्तारमा कुदिरहेका गाडी , सिन्को पनि नदेखिने सफा सडक, अनि परीहरू झैं एकनासले उभिएका, एकैकदका पर परसम्म देखिने घरहरूले साँच्चिकै शोभायमा तिम्रा किनाराको वस्ती प्रशान्त!कस्तरी कुँदेर बनाएका यी गाँऊहरू, कस्तरी मिलाएका यी सडकहरू र कस्तरी पालन गरेका नियमहरू पनि यी सवारीहरूले मानौ हाम्रा पुराणहरूमा कल्पना गरिएका यो कुनै दन्त्यकथाको श्वर्गको कुनै नगरी हो, मानौ भागवतका हाइपोथेटिक विष्णुको जादु नगरी हो वात!कुनै ब्रम्हाको उत्पातकै श्रिष्टीको किम्बदन्ती, हामीले त पुराणमा मात्र सुनेका र पढेका काल्पनिक कथाहरू अनि मधुमालती र लालहिराका कथाहरू प्रशान्त !सँच्चिकै हाम्रा पुर्वीय चिन्तनले कल्पना गरेका माया नगरी अनि महाभारतको मय दानवले ठड्याएको विचित्रको पाँण्डवहरूको ईन्द्रप्रस्थको दुर्योधनको अपमानित बगैंचा र फाउन्टेनहरू , ऐनामा सजिएको पानीका प्रतिविम्बहरू जस्तै यहाँका दृश्यहरूले कुन पर्यटकको मन नखिच्ला , नछोला र नभिजाउला र?अनि हाम्रोजस्तो डुङ् डुङ् धुलो उड्ने ,खेतमा झैँ गज्गज् हिलो उम्लने सडकहरू , झुस्स बढेका सेता दारी जस्ता शहरका घरहरू संझेर याँहा पढ्न अाएका हाम्रा नानीहरू टाउको ठोकाएर यहीँ बस्न लागिपर्नु स्वभाविक नै ठाने मैले किनकि ब्वाँसा जस्ता शासकहरूले जनताकै मुटु, कलेजो र अान्द्राभुँडीहरू ताकिरहेका अवश्थालाई मध्यनजरगर्दा उनीहरू केकालागि र के जित्नकालागि फर्किउन् पनि र?सुन्दर सगरमाथा र हिमाल, प्रकृतिले सिँगारेर उभ्याउँदा उभ्याउँदै पनि ,झर्ना ,ताल र कुण्डहरूले सिँगारिँदा सिँगारिँदै पनि यिनैलाई भजाईखानेहरूले मानव निर्मित नगरी कसरी बनाउलान्, कुनै नयाँ प्रविधि खिप्लान र अात्म निर्भरताको भण्डार दर्ज गर्न लागि पर्लान भनेर सोचुन ती नानीहरू र फर्कुन अाफ्नो प्यारो गुँड र घर संझेर, थिचेर पीडाहरू, गुम्स्याएर अामाका स्नेहहरू अनि खाँमेर पिताका परिश्रमका पसिनाहरू छातिमा ,अर्काकोमा अाफ्नो सीप रोप्न बाध्यछन् निरीहै भएर ,र रहेर पनि। अाह!मेरो सगरमाथा! कति लजाँउदी हौ हगि !तिमी पनि ती तिमीलाई चुम्न अाउने पर्यटकहरूका अाँखामा,संझिरहेँछु सगरमाथा !म तिम्रा असैह्य बेदनाहरू ऐले यो सुदुर तलको भूगोलको कुनाबाट।
यसरी प्रशान्त! म मेरो सगरमाथाको देशबाट तिम्रो महा नगरीको मानवीय लिलालाई अात्मसात गर्न केही दिनको पाहुँनाकारूपमा अाएको नकि यतै अोतलाग्ने मेरो उदेश्य यद्यपि ऐले यश कोरोनाको जेलरूपी बन्दीमा कारागार भित्रको कैदी दुनियाँमा म पनि तिम्रा समिपमा थुनिएको हैसियतबाटै यी तिम्रा नगरीका र सकेसम्म छाम्न सकेका तिम्रा मोतीदानाका मालाहरू उन्ने धृष्टता गरिरहेकोछु गरिनैरहेकोछुअनि लागि नै रहेको छु।यो उद्वेलित उद्विग्नता,नैरास्यता,र पलायनताका मानव चैतन्यताभित्र कति नै पहिल्याँउन सकिन्छ र?तिम्रा जादुई सामर्थ्यहरूका विम्ब ,प्रतिबिम्बहरूलाई तै पनि हेरेँ मैले तिमीले मायाँ गरेकी अष्ट्रेलियाको राजधानी क्याननबेरा, तिमीले उठाएकी ब्लुमाउन्टेन, तिमीले सजाएकी नयुसाउथवेलसका पारामटा,स्त्रातफिल्ड, अबनको बजार र बजारभित्रको नेपाली अशनबजार,ग्रान्ड हिलका नेपाली घर र अाँगन,यस्तै मिन्टोका नेपाली घर अाँगनहरू,रकडेलका नेपाली गहँना पसलका नेपाली शीपहरू, नेपाली चिया,नास्ता र खाजाहरू,भुटन्, मम,र थुक्पा अनि नेवारी खाजाहरू पनि,।अनि मिन्टोको नेपाली दुर्गा र शिव मन्दिर र भारतीयहरूले बनाएको बैंङ्कटेश्वर मन्दिर पनि ,अनि यस्तै वैलिँङ्गङ् जानेबाटाको ..नानतेन टेम्पल………… बुद्धको स्तुपा,चैत्य र गुम्बाहरू पनि, जहाँ बुद्ध धर्मावलम्बीले प्रशस्तै जमिन अार्जेका रहेछन् ,दिनभरी पैदल घुमेर नसकिने गरी। यस्तै स्कोर फिल्डका नेपाली संभ्रान्त र भारतीय संभ्रान्तका सुन्दर हवेलीहरू, नानीहरू खेल्ने र खेलाउने ठूला साना पार्कहरू,,म्याकहरू, भलिवल, फुटबल ,ब्याटम्यानटेन,क्रिकेट र गल्फका मैदान र कोर्टहरू।यस्तै क्याथोलिक र प्रोटेस्टेन्ट धर्मावलम्बीले निर्माण गरेका चर्च ,कलेज,बार र पपहरू।
कलेज र पाठशाला जाँदै गरेका असंख्य बालबलिका ,किशोर र युवाहरूको पैरन ,सुन्दरता र अनुशासन ।,सिँगारिएका घरहरू अनि मध्यम बर्गीय परिवारका वृद्धवृद्धाकाजोडीहरू, प्राय नितान्त एक्लो पनमा रमाउन ,भिज्न र बस्न जानेकाहरूको लय,सुर, र बान्कीहरू।यस्तै प्रशान्त !एकै ठाँउमा लुगाकपडा देखिलिएर हरेक दैनिक उपभोग्य पदार्थ ,खानेकुरा ,माछामासु,पाइने ठुलाठुला अाठदशतले व्यापारिक महलहरू र अनौठा हरेक तलै पिच्छे गाडी पार्क गर्ने पार्किङहरू, गजवको प्रविधि र गजवको विज्ञान तिम्रा यी जादुनगरका ठूलाठूला शहर,मध्यम शहर अर्थात् अाङ्लाभाषाका टाउन , बजारहरूमा। गाँऊ वस्तीमा पनि छोटाकदका महलहरू(उल्सवर्थ) र सडकका सानातिना सुन्दर र सफा पसलहरू (कन्भिनेन्ट स्टोर )र पेट्रोल पम्पहरू, म्याक र पपहरू।सानानीहरूलाई दिनुपर्ने स्नेह,माया र ममताका पाठहरू त सडकै पिच्छे बनेका साना,मझौला कदका पार्कमा र महलमा बनाइएका चिप्लेटी,पिङ्, लुकामारी खेल्ने बाकस,चाकाचुली, महलहरूमा बच्चा देखि बालबालिका गुडाउने गाडीहरूले पनि दर्शाई रहेका थिए।
मानिसहरूको कर्म र मिहिनत साना ठूला, ससाना खेतीबारी, र घर अाँगन र घरकै पछाडिका प्रत्येक घरका बगैंचाहरूले पनि देखाएको प्रष्ट हुन्थ्यो ।प्रशान्त !म पाहुना बनेर भित्रिएको भाइ प्रज्वल रेग्मीको घरमा पनि उस्तै एकै रूपको बगैंचा घर पछाडि, र अगाडि अाँगन रहेछ गुलाफ अनि थाकल र श्वेत क्यावराले सिंगारिएर धपक्कै बलेको ।
काईली! (अष्ट्रेलियन नाम छिमेकी भाइ प्रज्वलको) हेरिरहेकी थिई निर्निमेष मेरो घोत्ल्याँई र भावलाई लज्जालु उस्का खैरा आँखाहरूले।






