यसरी बनाउनुहोस् लकडाउनलाई लक्की टाईम (हरेक दिन प्रत्यक्ष प्रशारण)

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) ले संसारको सबै क्षेत्र ठप्प छन् ।

यस प्रकोपका कारण विभिन्न देशहरुले लकडाउन अथवा अन्य उपाय अपनाउँदै भाइरस संक्रमणमा रोकथाम गर्ने प्रयास गरिरहेका छन् । तर अधिकांस योगगुरुहरुको  दाबी अनुसार योगको कारण रोगप्रतिरोधत्मक क्षमता बढाउने  छ ।

मानिसलाई खाना र लुगा जरुरी भए जस्तै स्वस्थ जीवनयापनका लागि योग आवश्यक हुन्छ। हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी भयो भने बिरामी परिने भएकाले आवश्यक अक्सिजन उपलब्ध गराउन योग प्रभावकारी हुन्छ। यसले शरीरमा भएका तन्तुहरुलाई सवल पार्छ।

अर्को दृष्टिले हेर्दा योगले हाम्रो धन र समय पनि जोगाउँछ। हामी बिरामी भएर अस्पताल गयौं भने समयका साथै धन पनि खर्च हुन्छ। योगले विभिन्न रोग लाग्ने सम्भावनाबाट टाढा राख्ने भएकाले धन र समयको बचत हुन्छ।

जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो। योगीहरुका अनुसार, योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ। योगका विभिन्न प्रक्रिया छन्।

यी प्रक्रियामध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग–प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ।

त्यसमध्ये आसन र प्रणायामप्रति धेरैको आकर्षण रहको योग विशेषज्ञ आर्चाय राजन शर्माको बताउनु हुन्छ । लक डाउनको अवधिलाई लक्की टाइम बनाउनको लागि योग विशेषज्ञ शर्माले हरेक दिन प्रत्यक्ष प्रशारण गर्दै आउनु भएको छ ।

नेपाली समय अनुसार बिहान ७ बजे योगको विभिन्न आसन प्रत्यक्षरुपमा हेरेर र सिकेर लकडाउनको समयलाई लक्की समय बनाउन सकिनेछ । यसको लागि असनेपाल न्युजको फेसबुक पेज मार्फत हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षकहरु