प्रशान्त !खै कहाँ छाड्न सकिन्छ र तिम्रो किनारालाई यो शिशिरको घाममा, तिम्रो वालुवा उष्ण बन्दै जान्छ र मेरा शरिरकमा जाडोले उठेका काँडाहरू, मनका गर्तमा गडेका असंख्य अतितका काँडाहरू र सँगसँगै फुलका कोपिलाहरू पनि उभर्छन् तिम्रो समिपमा यसर्थ म हिजो जस्तै टुप्लुकिएको छु ,तिम्रा ती पर पर सम्म छचल्किँदै जाने छालका संवेगहरूसँग मेरो माटोको विम्बहरू भर्न ,कोलाजहरू अनि पोट्रेटहरू सजाउन ।झर्को मानेकी भए पनि म अलि बढ्तै अाग्रही छु अनि थोरै थोरै जिराहा र एकोहोरो पनि छु तिमी यस्को स्वभावै हो भनेर मलाई क्षमा गरिदिन्छौ भन्ने मैले सोचेको छु, ठानेको छु ,प्रशान्त मैले!भालुबाँसको कट् कट् गायनसँगै मैले खोल्सा खाल्सीका सुन्दर चित्रहरूका साथमा मेरो माटोमा उम्रिएर ,हुर्किएर अरूहरूलाई शीतल छहारी दिने , प्रेरणा र हौसलाले सदैव अात्मोन्नत गराईरहने गणेश निरौला र नरहरि शर्मा अनि दुर्गा शर्माहरूलाई राँम्ररी पट्याएको छु भित्र कता कता । शहरको श्वार्थी घना जंगल भित्र पनि स्नेहका पाठहरू सिकँउदै हिँड्ने सहयोगका अौंलाहरूले चित्र कुँदी नै रहने कुँदिनै रहने अथक भगवती नेपाल र पारू नेपाल, खग नेपाल र प्रेम नेपाल अनि ठूलै अोहदामा पुगेर पनि नामसालिङे कोपिलाहरूलाई सदैव स्नेह बाँडेर जमिन टेकाउन मद्दत पुर्याउने अंहकारलाई किमार्थ पनि अोहदाको तराजुमा नहाल्ने टनभन्दा बढ्तै मनभएका खेमराज नेपालहरूलाई पनि मनैमन नमन गरिरहेका भावहरूको कोलाज पनि त भित्र संगेटको छु प्रशान्त! मैले कसरी भुल्न सक्छु र म उनीहरूलाई भन प्रशान्त !के भुल्नु राम्रो होलार?के मान्छेले अरूको गुनलाई नुनमा मिसाएर घुल्नु अनि अाफुमात्र पिएर पल्टनु राँम्रो होत? वर्तमानमा त्यस्तो पन बड्दो छ अपितु म भने किमार्थ ती उदाहरणका नायकहरूलाई मेरो रंगमञ्चमा नसमेटिरहँन सक्दिन।ती उदाहरणहरू पनि मेरै माटोले समेटेका विम्बहरू हुन् जसलाई हामी सबैले प्रतिबिम्बित गर्नु, टल्काउनु र उज्यालो निर्माण गर्नु र गरिरहनु पर्छ जस्तो लाग्छ ।
होइन र प्रशान्त !अँ प्रशान्त! तिमी सदाबहार छ्यौ, तिमी वरिपरिको मौसम पनि समशीतोष्ण शान्त र स्निग्ध छ तर मानिस बढ्तै वैयक्तिक ।कोरोना पनि यहाँ हराइसकेकी छ, शुन्य भएकी छ,अावागमन अनि कर्ममा मानिसहरू जुटिसकेका र पठनपाठनमा नानीहरू पाठशाला जाँदै गरेका दृश्यहरू पनि देखि रहेकाछन् तर मेरो माटोको सरकार हामीलाई भित्रयाउने क्रममा मौन छ म तिमीलाई बाहेक अरू कसैलाई निवेदन गर्न पनि सकिरहेको छैन बस् खालि तिमी नै सुन्न सक्छ्यौ किनकि तिमी शंका र वेतुकका तर्कहरूलाई महत्त्व नदिई अगि बढिरहन्छ्यौ मान्छे तर्क गर्छ किनकि उसित हरामी मन छ। त्सैले तिमीलाई मात्र निवेदन गरें मात्र तिमीलाई ।फगत् तिमीलाई । यो तिम्रो किनारमा तिमीले निर्माण गरेको बालुवाको पहाडमा बसेर अाँखा अघिका रेस्टुरेन्ट र पर्यटकहरू अनि मेरो माटोबाट रहरहरू सजाएर कामको र अध्ययनको क्रममा तिमी छेउ अोतलाग्न अाएका कलिला मुनाहरू पनि एकहुल देखिरहेछु । बस् देखिरहेको छु।कलिला मुनाहरू पर्यटकको निम्ति चियाखाजाहरू तैयार गर्दै र खुवाँउदै गररिहेका दृश्यहरूले मलाई खेतालाहरू , परेलीहरू ,रोपाहारहरूको याद दिइरहेछ ।अालिको डिलमा बसेर लहरै खाजाखाइरहेका खेतालाहरू ।
प्रशान्त ! मेरो माटोमा असंख्य पर्यटकहरू रमाउने रारा र फेवाहरू छन्, सगरमाथा र अामदब्लङ्हरू छन्, अन्तु र सन्दकपुरहरू छन्, अनि असंख्य सँस्कृतिहरु बोकेर उभिएका मन्दिरहरू पनि छन् र छन् थान्काहरू , कलाहरू र शीपहरू, अनि छन् ढुँगे धाराहरू टोड्केका झर्नाहरू अनि अनेकन् सभाका पोखरीहरू, डाँफे र मुनालका गुञ्जनहरू तिलचोका उचाईहरू र फोकोसुण्डोका गहराईहरू र छन् अाईफिल अोझेलपार्ने भिमसेनका धरहराहरू यद्यपि छैनन् तिनलाई पढेका सरकारहरू, छैनन् तिनको मर्म बुझेका साशकहरू नत्र तिम्रा किनाराकाेस्टुरँमा खेताला बन्नु विवश हुनुपर्दैनथ्यो ती अोठमा अामाको दूध बोकेका कलिला मुनाहरूले यो सबै जानेर पनि बुझ पचाएकाहरूको इतिहास पढ्न बाध्यछन् मेरो माटोका पाठशालाहरू, विद्यालयहरू र विश्वविद्यालयहरू।
अनि के गर्नु डा.तारानाथहरू,मोहन शर्माहरू र अभी सुवेदी ,राजेन्द्र सुवेदीहरूले कति एक्लो पहल गर्न सक्छन् र नई जोडीहरूले तापनि यद्यपि थाकेका छैनन् तिनका अदम्य साहसहरू र पौरखहरू अनि सुकेका छैनन् कर्मका मशीहरू र च्यातिएका छैनन् भावका बहिखाताहरू पनि।अनवर छन् र छन् तपस्यारत सत्यको उद्घोषमा लागेका तिनका समर्पणहरू पनि।समयहरू बल्छीमा माछा पर्खिरहन्छन्, घाटमा डुँगाहरू यात्री पर्खिरहन्छन् र दोकानमा वुनियाँहरू ग्राहक पर्खिरहन्छन् पिखुवाखोलाको जँघार तरिहेको र माथि पहाड को देउरालीको लक्ष्यको शिश ताकेको बटुवाले झैं।अँ प्रशान्त !तिमीलाई अलिकति त मैले पिखुवाखोलाको कथा पनि सुनाऊँ जस्तो लाग्यो ।पिखुवा त बगिरहेको छ अनवरत अरूणलाई गलालाउने धुनमा राईघाटतिर।मात्र म छैन ऊ कलकलाएको हेर्न र छाम्न।कथा २०३९सालको मङ्सिरतिरको हो ।सरकाी जागिरे ,कुनै एक चाकरीका अभ्यस्त उपसचिव ,दरवार र र रञ्नजनराज खनालहरू अनि गाँऊफर्क र नुतनदेब खनालहरू त्यस्तै चिरन समसेर थापाहरू उनका देवता थिए ।तिनलाई खुशीपार्नु नै मानौ उनको जागिर हो ,ऐलेका सिडिअोहरूले गृहमन्त्रीलाई खुशीपार्न ठेकेदारहरूको चाकरी गरेजस्तै ठ्याक्कै ,उस्तै र दुरूस्तै।ती उपसचिवले काज खटाए भोजपुरको ,त्यतिबेला त तिनीलाई सरापो मेरो मनले, मैले होइन ।ऐले तिनले ठिकै गरेछन् भन्ने लाग्छ।किनकि यो प्रशान्त महासागरको किनारामा उभिएर म पिखुवा, राईघाट र देउराली अनि मसँग सँगसँगै भोजपुर साथीबनेर चताराबाट कोशी किनारहुँदै एक दिनभरि र एकविहान हिँडेर राईघाटमा डँगा चडेर पिखुवा खोलामा कट्टुमात्र लाएर जँघार तर्दै,अर्काको खेती खोला किनाराको काँचो बदाम उधिन्दै र खाँदै १४/१५जँघार हो? वा१७/१८?तरसकेपछि मात्र पिखुवाखोला देब्रे मोडिएर हामीबाट छुटियो र हामी दाहिने उक्लँदै र चुलिँदै गएको पहाड तिर लाग्यौं ।उकालोमा म र मेरा साथि दिपक काफ्ले भाइलाई स्वागत गरेको थियो घना बाक्लो पारिजातको जंगलले संझिँदैछु म यो प्रशान्तको किनारबाट। त्यो उकालीको दुखले सायद दिपकलाई उर्जा दिएको हुनुपर्छ त्यो २०वर्षे बयमा ऐले उनी त्यो झापाको ईँटाभट्टा सिर्जना नगरकै धनाढ्यमा गनिन्छन्, उनलाई त्यो बेला अई !दिपक भन्नेहरू दिपकबाबु भनेर संबोधन गर्छन् जागिर नखाएर बेपार गरेको उनको कर्म र मिहिनेतले ऐले उनी सामाजिक कार्यहरूमा लागेको नाम पनि अार्जन गरेको सायद पारिजातको वन र पिखुवाको अाशिरवाद होला संझन्छु म।
अँ त!प्रशान्त !कस्तो अाशिरबाद!मेरा माटाकी सुन्दर खोली पिखुवा र वनभरी सुवाश छर्ने पारिजातको। कहिलेकाँही नसोचेको भइदिन्छ र सोचेको जति सबै सुदुरतिर दर्गादिशा पनि छरिन्छ।एक मध्न्यान्ह ब्रम्हपुत्र किजारनमा उपन्यास तथा कथाकार दाजु स्वर्गीयअर्जुन निरौला भन्नुहुन्थ्यो ।”हेर भाइ म मेरा पिताजीको बतास हुईँक्यासँगै उडेको मान्छे त्यसैले म कल्पनाका उडानहरूमा बतिँए, अनि सँमाउन नसकेर अाँफैफाई कुनै अध्यात्मको लौरो खोज्दै हिँडे तर भेटिन कुनै दरो लाठी जो फलाँठकैहोस् , मैले त बुझ्यौ भाइ केवल सिप्लिकानेहरूका लौरोहरू भेटेँ थाहाछ तिमीलाई सिप्लिकाने कति सजिलो भाँचिन्छ, कमिलाहरू बटुलेर डँगुर माटो उठाई बस्छ।”दाइ गंभीर देखिनु भयो र म छेवैमा टोलाई रहेँ ।वहाँको शिशिरको बतास उपन्यासको नायक खेमलाई संझेर उता ब्रम्हपुत्रको पानी भने एकदम चलायमान थियोे एक पछि अर्को छाल निर्निमेष उठ्दै बस्दै गर्थ्यो। म घरी दाईलाई र घरी त्यही छाललाई हेरेर अाफैमा मनैमन प्रश्न सोधिरहेको थिएँ वाक्यांशको अर्थ र तात्पर्य के होला?मैले पछि सम्म दाईको भनाइको अर्थ खोजीरहेँ खोजीरहेँ।अब प्रशान्त !यो हिँउदको याँम तिम्रो न्यानो बतास चिसिएको छ र मैले टेकिरहेको बालुवा पनि ठिही जमाएर सेक्न थालेको महसुस भैरहेछ अाज धेरै गनगन सुनाउन भावपनि चिसिएरै होकि?मनलागि नरहेको झैं गर्दैछ यो मन पनि।तिम्रो किनाराको यो रेस्टुरेन्टमा मेरै माटोको एउटा मीठो गित सुन्दैछु बजिरहेछ ,अतिनै मिठो “केही मिठो बात गर ……..
भरेफेरी एकान्तमा……….।”एउटी नेपली नानीको मोबाइलबाट। वस् फेरि भोलि भेटौंला वाई ।प्रशान्त ऐलेलाई वाई।
कवि उदय निरौला






