खुकुलो लयमा फर्कँदै छ जीवनको कँसिलो गीत !डा.नवराज लम्साल

खुकुलो लयमा फर्कँदै छ जीवनको कँसिलो गीत !
……………………………………
आज लकडाउनको ४९ औँ दिन ।
निकै लामो समयको रेडियो नेपाल बसाइपछि घर फर्केँ ।
सोचेको थिइनँ यतिका दिनसम्म चौबीसै घन्टा सूचना, समाचार र मनोरञ्जनको श्रोत बन्नुपर्ला । फेरि रेडियो नेपालमै सुत्नुपर्ला, जे पाइन्छ त्यही खानुपर्ला र जटिल परिस्थितिहरुको सामना गर्नुपर्ला । २०७२ को भूकम्पको बेला पनि दिनदिनभर र रातरातभर केही न केही काम गरेकै हुँ तर त्यस पटकको परिस्थिति फरक थियो । त्यो दुर्घनाको सवाल थियो, यो रोगको विषय हो । त्यो बेला मान्छे भेट्दा आश लाग्थ्यो, अहिले मान्छे भेट्दा त्रास लाग्ने परिस्थिति छ ।
त्रासदी छल्नकै लागि रेडियो नेपालमै क्वारेन्टिन बनाएर बस्यौँ । ‘म’मात्रै होइन, धेरै ‘म’हरु बस्यौँ । प्रसारणलाई कोरोना केन्द्रित ग¥यौँ । बिहानै आशा, उत्साह, अध्यात्म, जीवनको मूल्य र अन्तरआत्मा, विचार र शरीरशुद्धिका कुरा ग¥यौँ र त्यसलाई ‘नेपाल वन्दना’ भन्यौँ । त्यसपछि सूचना, समाचार, समाचारको विश्लेषण, श्रम, श्रमको मूल्य, जनजीवन, जनजीविका, विभिन्न पेशा, व्यवसाय, तिनको अवस्था, आवश्यकता, राष्ट्रिय÷अन्तराष्ट्रिय घटनाक्रम हुँदै राती अबेर गीतसङ्गीतसँग रमाएर ‘पूर्णिमा’ । ‘पूर्णिमा’को एक घन्टा बसाइपछि मेरा श्रोताहरू सङ्गीत सिरानी हालेर आनन्दले निदाउन सक्नुहोस् र निदाउनुअघि कोरोनाको कहर बिर्साउन सकियोस् भन्ने चाहना थियो । गर्नु धेरै थियो सायद तर जे ग¥यौँ, गर्न सक्यौँ, तिनको मूल्याङ्कनको जिम्मा श्रोताहरुलाई छोडेर घर फर्कियौँ । घर फर्कियौँ तर कामबाट फर्केको छैन । काम भने जारी रहने छ … उही र उसैगरी पुरानै लयमा ….।आफैँलाई सुरक्षित राख्नुपर्ने, सङ्कटमा घर छोड्दा परिवारको चित्त बुझाउनुपर्ने, कार्यालयभित्रको परिस्थिति र प्रसारण सामग्रीको संयोजन । खुसीको कुरा साथीहरू जति थिए बुज्जकी थिए । टिमवर्क थियो । सबै व्यावसायिक थिए । कर्मप्रतिको उहाँहरुको निष्ठा, एकता र सहयोगले निकै बल मिल्यो । सम्झँदा आनन्द लाग्छ । साधुवाद छ साथीहरू । हृदयको गहिराइदेखिनै साधुवाद ।श्रोताहरूको माया अपार थियो । उत्साह र हौसला थियो । यत्ति हो कहिले काहीँ प्रसारणका लागि तयार भएका केही सामग्री सुटुक्क मेटिए, कहिले काहीँ सम्पादित सामग्रीका ठाउँमा विना सम्पादनका पुरानै सामग्री फुत्त आइपुगे । त्यो भूलचुक लिनेलिने भनेजस्तो हो । त्यसमा कसैको नियत खराब होइन, अलिअलि मेरो नियतिले काम गरेको हो । त्यो पनि स्वादिलै लाग्यो । एउटा संयोगको करो ।क्षमा रहोस् के के न गरेँ भनेर यो लेखेको होइन । माथि नै भनिसकेँ यो मेरो निजी अनुभूति हो । एउटा मीठो सत्य के रहेछ भने जीवनमा त्यति नजिक नसोचिएकाहरु असाध्यै नजिकका हुनेरहेछन् तर नजिक सोचिएकाहरु सबै नजिक नहुने रहेछन् ।मेरो रेडियो यात्रा २६ औँ वर्षमा हिँडिरहेछ । सायद यो यात्रा रथ त्यति धेरै टाढा नगुड्ला अब । अब भीडहरुबाट विश्राम लिएर केही लेख्ने मन छ तर यति ठूलो निर्णय मेरो मात्रै बसमा छैन । के होला र जे होला त्यो भोलिको कुरा हो तर यो क्वारेन्टिन बसाइले धेरै सिकायो, धेरै सिकेँ । प्रसारकका रुपमा धेरै विषयमाथि बहस चलाउन पाएँ । पोखिनँ पाएँ । सम्हालिन पाएँ । राज्यसंयन्त्रको सूचना प्रणाली र उत्तरदायित्वको विषयलाई नजिकबाट बुझ्ने अवसर पाएँ । यो बसाइ साँच्चै विश्वविद्यालयजस्तो भयो ।


सबैलाई घरपरिवार सँगै बस्नुस्, मिलेर बस्नुस्, सिर्जनशील भएर बस्नुस्, सँगै पकाएर खानुस्, सुखदुख साट्नुस् भनिरहँदा आफ्नै घरकाले चाहिँ फोन गरेर के भन्थे होलान् ? संवेदनशील हुँदाको क्षण गहिरो गरी अनुभूत भयो ।त्यसो त भोलि बिहानै उहीँ पुग्नु छ र उसै गरी प्रारम्भ गर्नुछ दैनिकी होशियारीका साथ र स्वास्थ्य सुरक्षाका साथ ।
यो मेरो निजी अनुभूति निजी रुपमै प्रिय श्रोता÷पाठक सामु राखेको हुँ । यत्तिचाहिँ नबिर्सनु होला भनिएका भन्दा नभनिएका कुरा झन् बढी गहिरा हुन्छन् । कोरोना कहर नभएको भए जीवनले सिक्नु पर्ने धेरै कुरा छुट्नेरहेछ । धेरै कुरा सिक्नपाउनु पनि ठूलै शौभाग्य हो । थाहा छ समाजले त बेलाबेला मह देखाएर विष पनि त खुवाउँछ । होशियार हुने आफैँ हो । सतर्क हुने आफैँ हो । कोरोना कहर सकिएको छैन, जहाँ हुनुहुन्छ शान्त रहनुस्, सुरक्षित रहनुस् । भगवान् तपाईँका दाहिना हुन् ।
तपाईँको सुखदुःखको साथी नवराज लम्साल
२९ वैशाख २०७७आज लकडाउनको ४९ औँ दिन

सम्बन्धित शिर्षकहरु