कोरोना संक्रमितको संख्या ४२ लाख नाघ्यो, २ लाख ८७ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५२ हजार ३ सय ३ पुगेको छ ।

संक्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८७ हजार १ सय ३३ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८१ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ८५ हजार ८ सय १३ रहेको छ ।

सम्बन्धित शिर्षकहरु