काठमाडौं । नेपालमा एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।
मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।








