नि:शुल्क अन्तर्राष्ट्रिय उत्प्रेरणात्मक योग शिविर,तनाव व्यवस्थापन र कला प्रशिक्षण

अस्ट्रेलिया । निशुल्क अन्तर्राष्ट्रिय उत्प्रेरणात्मक योग शिविर,तनाव व्यवस्थापन र खुशी कला प्रशिक्षण हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाज (अनेसास)  कोरिया च्याप्टरले कोरियाको आयोजनामा दुईदिने कार्यक्रम हुन लागेको हो । योगगुरु “आचार्य राजन शर्मा ” (भीमसेन सापकोटा ) द्वारा सन्चालन हुने कार्यक्रम जनवरी १८ र १९ तारिखमा हुन लागेको हो ।

अन्तर्राष्ट्रिय योग तथा उत्प्रेरणा प्रशिक्षणम जीवनमा खुशी प्राप्त गर्ने बिभिन्न सरलविधि,रोग उपचारका प्राकृतिक योग विज्ञानका सूत्र, तनाव व्यवस्थापन, आरोग्य प्राप्तिका प्रक्रियाहरु, हास्ययोग (Therapy) को बारेमा जानकारी गराइने छ।

कोरियामा रहने नेपालीहरु विभिन्न समस्याको कारणले गर्दा मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्ने, एवं सुतेकै ठाउमा मृत्यू हुने जस्ता अनेकौं खालका समास्याहरु झेलिरहनुपरेकोले यो समस्यालाई न्यूनिकरण र तनाव व्यवस्थापन गर्न कोरियामा रहन हुने सम्पूर्ण नेपालीहरूलाई खुसियाली दिलाउनका उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको पहिलो दिन शनिवार साँझ ६ बजेदेखि र आईतवार बिहान ११ बजेदेखि हुनेछ ।

स्थान:~ शुभेच्छा रेष्टुरेन्ट,दोङ्देमुन

असमर्थता को लागि:~ *कृष गुल्मेली बाबु~ 01059451937 *प्रमोद साराङ् ~ 01068748504 *जुनु गुरुङ ~ 01091434557 *लोकराज न्यौपाने ~ 01064924840

 

सम्बन्धित शिर्षकहरु