कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो, एकैदिन ८२ हजार संक्रमित थपिए

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख नाघेको छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ।

विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय पुगेको छ। वल्डोमिटरले प्रकाशित गरेको विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्।

स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्। त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १० को ज्यान गएको छ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ। गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ।

सम्बन्धित शिर्षकहरु