बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं  । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएका ६७ वर्षीय कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा विहिबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

सम्बन्धित शिर्षकहरु