कोरोनाबाट एकैदिन साढे ६ हजार बढीको मृत्यु, ८१ हजार बढी संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरससंक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा साढे ६ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोनाका कारण बुधबार विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३६ रहेको छ। सोही दिन विश्वभर ८१ हजार १ सय ९६ कोरोनाका नयाँ बिरामी थपिएका छन्।

बुधबार अमेरिकामा कोरोना कारण २ हजार ३ सय ६७ जनाले ज्यान गुमाएका थिए भने २७ हजार ९ सय ७७ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए। स्पेनमा ४ हजार ७ सय ७१ कारोनाका नयाँ बिरामी थपिएको दिन बुधबार ४ सय ५३ जनाले ज्यान गुमाएका थिए।

इटालीमा बुधबार २ हजार ८६ जना नयाँ बिरामी देखिए भने ३ सय २३ जनाको मृत्यु भएको थियो। फ्रान्समा थप ५ सय ९ जना कोरोना भाइरस संक्रमित बुधबार उपचारको लागि अस्पताल पुगेका थिए। सोही दिन फ्रान्समा कोरोनाका कारण ४ सय २७ जनाको मृत्यु भएको थियो।

बेलायतमा बुधबार ४ हजार ७६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ७ सय ६७ जनाको मृत्यु भएको थियो। जर्मनीमा १ हजार ६ सय २७ जना नयाँ संक्रमित थपिएको दिन बुधबार १ सय ५३ जनाको मृत्युको कारण कोरोना भाइरस संक्रमण बन्यो।

टर्कीमा बुधबार २ हजार ९ सय ३६ जना नयाँ संक्रमित थपिए भने ८९ जनाले ज्यान गुमाएका थिए। रुसमा बुधबार ५ हजार ८ सय ४१ जना नयाँ संक्रमित थपिएका थिए। सोही दिन रुसमा कोरोनाका कारण १ सय ५ जनाको मृत्यु भएको थियो।

इरानमा पछिल्लो चौबिस घण्टामा १ हजार ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ८० जनाको मृत्युृको कारण कोरोना बनेको थियो। ब्राजिलमा बुधबार थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोही दिन ब्राजिलमा ४ सय ४८ जनाको मृत्यु भएको थियो।

सम्बन्धित शिर्षकहरु