कोरोना मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघयो, एकैदिन ७६ हजार नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या १ लाख ६० हजार ७ सय ५७ पुगेको छ ।

२३ लाख ३० हजार ९ सय ८७ जना संक्रमित भएका छन्। जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् ।

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी कोरोना संक्रमितमध्ये अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ५ लाख ९६ हजार ६ सय ८७ पुगेको छ। एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

सम्बन्धित शिर्षकहरु