काठमाडौं । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण शुक्रबार विहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४१० पुगेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५८० जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।
विश्वमा २१ लाख ८२ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये हालसम्म ५ लाख ४७ हजार १ सय ५५ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वभर १४ लाख ८९ हजार ३ सय ८७ जना अस्पतालमा तथा घरमै बसेर कोरोना भाइरसको उपचार गरिरहेका छन्। उपचारत संक्रमितमध्ये ५६ हजार ५ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ भने १४ लाख ३२ हजार ७ सय ९३ जनाको अवस्था सामान्य रहेको छ।








