अष्ट्रेलियाको न्यु साउथ वेल्समा तीन महिना लकडाउन

अष्ट्रेलिया । अस्ट्रेलियाको न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ ।अस्ट्रेलियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ९० दिने लामो लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्गलवारदेखि लागू भएको लकडाउन जुन २९सम्म जारी रहने छ । न्यू साउथ वेल्सका पुलिस कमिस्नर माइक फुलरका अनुसार लडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिएको छ । नियम तोड्नेले एक हजार अस्ट्रेलियन डलर तिर्नुपर्नेछ ।

अनावश्यक रूपमा २ जना भन्दा बढी जम्मा भएको देखिए कारबाही हुने प्रहरीले जनाएको छ । अहिलेसम्म अस्ट्रेलियामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित शिर्षकहरु