काठमाडौं । उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस देखिएको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।
ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको जनाईएको छ ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।








