काठमाडौं । भारत सरकारले कोरोनाको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने भएको छ। भारतमा कोरोना संक्रमणबाट शनिवारसम्म दुई जनाको मृत्युभएपछि भारतको गृहमन्त्रालयको विपत व्यवस्थापन शाखाले स्टेट डिजास्टर फन्डबाट राहत प्रदान गर्ने घोषणा गरेको हो । त्यस्तै अस्पतालको सबै खर्चसमेत यही कोषबाट उपलब्ध गराउने भएको छ। कोरोनाको संक्रमण देखिएका सबैलाई उपचारसमेत यही कोषबाट दिइने छ।
त्यस्तै क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य स्क्रिनिङ, नमुना संकलन लगायतको खर्च पनि यही कोषबाट प्रदान हुने छ। यसरी निर्माण गरिने क्वारेन्टाइन स्टेट एक्जिक्युटिभ कमिटीको निर्णय अनुरुप स्थापना हुने छन्। क्वारेन्टाइनको संख्या, समय, व्यक्तिको संख्या पनि यही कमिटीले निर्णय गर्ने छ।








