कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतमा पनि एक जनाको मृत्यु भएको छ। कालबुर्गीका ७६ वर्षे व्यक्ति कोरोना भाइरसका कारण ज्यान जाने पहिलो भारतीय नागरिक भएको कर्नाटका राज्य सरकारले जनाएको छ।

भारतको कर्नाटक प्रदेशको कलबुर्गीमा ७६ वर्षीय मानिसको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार ती मानिस हालसालै साउदी अरबबाट फर्किएका थिए।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गएपछि कर्नाटक प्रदेशमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ। स्वास्थ्य तथा कल्याण विभागका अनुसार ती मानिससँग सम्पर्कमा आएका सबैजनालाई छुट्टै क्वारेन्टानइमा राखिएको छ। ती मानिस कहाँ कहाँ पुगेको र क(कसलाई भेटेकोसमेत त्यहाँका अधिकारीहरुले सोधपुछ गरिरहेको बताइएको छ।

भारतको केन्द्रीय सरकारका अनुसार ती मानिसलाई मार्च ६ मा साउदी अरबले घर फिर्ता पठाएको थियो। उनी त्यहाँ रुघाखोकीबाट ग्रसित थिए। तर भारत आएपछि उनको अवस्था झनै नाजुक बनेको थियो। उनलाई ९ मार्चमा कलबुर्गीको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। परीक्षणको क्रममा उनमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।

भारतमा अहिलेसम्म ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। जसमध्ये सबैभन्दा धेरै केरलमा १७, हरियाणा र महाराष्ट्रमा १४(१४, उत्तर प्रदेशमा ११, दिल्लीमा ६, कर्नाटकमा ४, लद्दाखमा ३३ र अन्य ५ वटा प्रदेशमा एक(एक जनामा कोरोनामा भइरसको संक्रमण भेटिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

सम्बन्धित शिर्षकहरु