साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पराजित भएसँगै लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

दोस्रो लेगमा बुधबार राती लिभरपुलको मैदानमा ३-२ गोलले विजयी भएको एट्लेटिको म्याड्रिड समग्रमा ४-२ गोलले क्वाटरफाइनलमा पुगेको हो। घरेलु मैदानमा भएको पहिलो लेग एट्लेटिकोले १-० गोलले जितेको थियो।

सम्बन्धित शिर्षकहरु