रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अध्यक्षमा चुनिए ईश्वर पोखरेल:

सिड्नी,अष्ट्रेलिया

नेपालको रुपन्देही जिल्लाबाट आएर अष्ट्रेलियामा बसोबास गर्दैआएका दाजु भाइ दिदीबहिनीहरुको एक सामाजिक संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको दोश्रो अधिवेशन सिड्नीमा भब्य रुपमा सम्पन्न भएको छ।

सो अधिवेशनले ईश्वर पखरेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । १ मार्च २०२० गत आईतबार सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा सुशिल नेपाल तथा रोशन कोईरालालाई चयन गरेको हो भने महासचिवमा दिवाकर काफ्ले, सचिवमा अर्जुन गैरे र कोषाध्यक्षमा विप्लब सापकोटा रहेका छन। यसैगरि साहित्य तथा साँस्कृतिक संयोजक मुक्ति राम पोख्रेल,महिला संयोजक रन्जिता भण्डारी,महिला सह-संयोजक तुल्सा पाण्डे,खेलकुद संयोजक सरोज पाठक तथा पब्लिक रिलेसन अफिसर रवि केसी रहेका छन। कार्यसमिती सदस्यहरुमा मनोज सिलवाल,प्रदीप खनाल,पदम अधिकारी,निशान ढकाल,सूचना पाण्डे,गणेश न्यौपाने,सुरज खत्री,लक्ष्मी खनाल,कमाल भण्डारी,सरोज पाण्डे,रेमन केसी ,रक्षा शर्मा रहेका छन। संस्थाका संस्थापक अध्यक्ष राज खनाल र कृष्ण गैरे संस्थाको संरक्षकको रुपमा रहेका छन भने डा. चिजकुमार श्रेष्ठ, डा. प्रकाश पौडेल, विक्रम बिश्वकर्मा, चुना क्षेत्री, महेश्वर शर्मा र मोहन पाण्डेलाई सल्लाहकार तोकिएको छ ।

रुपन्देही जिल्लाको छोटो परिचय साथै संस्थाले विगत दुई वर्षमा गरेका परोपकारी कार्यहरुको जानकारी श्रब्य दृश्य सामाग्री मार्फत प्रस्तुत गरिएको थियो भने संस्थाको गत दुई वर्षको आर्थिक विवरण साथै वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम महेशराज दाहालले निर्वाचित अध्यक्ष ईश्वर पोखरेलको समुहलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिनुभयो। साथै सो कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्का,गैर आवाशिय नेपाली संघ केन्द्रका उपाध्यक्ष मन केसी,अडर अफ अष्ट्रेलियाबाट विभुषित ईन्द्रा वन,गैर आवाशिय नेपाली संघ ओसियाना रिजनल कोर्डिनेटर होम पाण्डे,गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स स्टेट कोर्डिनेटर देव गुरुङ्ग,मल्टी डाईनामिक रियल स्टेटका प्रमुख मेघराज पौडेल ,सामाजसेवी दिनेश पोखरेल लगायत ले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा तुल्सा पाण्डे,आरोशी पाण्डे,को नृत्य तथा विप्लब चापागाईँ तथा निशान ढकालको गायन रहेको थियो। कार्यक्रममा दिवाकर काफ्लेले स्वागत मन्तव्य दिएका थिए भने महेश्वर शर्माले कार्यक्रमको संचालन गरेका थिए।

सम्बन्धित शिर्षकहरु