अस्ट्रेलिया भ्रमणमा न्युजिल्यान्डकी प्रधानमन्त्रीले आफ्नो झोला आफै बोकेपछि…(फोटोफिचर)

अस्ट्रेलिया । न्युजिल्यान्डको प्रधानमन्त्री जेसीन्डा आर्डनको अस्ट्रेलिया भ्रमण अहिले चर्चामा रहेको छ

उनको भ्रमणका क्रममा अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उनले आफ्नो ब्याग आफै बोकेको विषय चर्चामा आएको छ ।

नेपालमा राष्ट्रपतिलाई विमानस्थलमै सोफामा बसालिएको, सलामी लिने गरिएका दृश्य भाइरल भैरहदा न्युजील्याण्डकी प्रधानमन्त्रीले औपचारिक भ्रमणका क्रममा विमानस्थलमा उत्रिने क्रममा उनले आफ्नो झोलाहरु आफै बोकेकी छिन् । यो विषय अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

उनि विमानबाट तल ओर्लदा हातमा एउटा सानो ह्यान्डब्याग थियो र पछि उनले आफ्नो सामान भएको झोला पनि आफैं लिइन् र गाडीको पछाडी डिकीमा राखिन् ।

उनी शुक्रबार अस्ट्रेलियाको प्रधानमन्त्री स्कट मोरिसनसँगको भेटघाट अघि सिड्नीमा उत्रिएका छिन् ।

यो जोडी राजनीतिक विभाजनको विपरित पक्षमा पर्दछन्, दुवै भिन्न पुस्ताका र विवादास्पद नेतृत्व शैलीका छन् तर उनीहरु बीच राम्रो सम्बन्ध रहेको छ ।

आर्डनले बिहिबारको आफ्नो उडान अगाडि भनिन् “पछिल्लो १२ महिनामा न्युजील्याण्ड र अष्ट्रेलिया कत्तिको नजिक रहेछ भन्ने कुरा प्रष्ट भइसकेको छ ।”

प्रधानमन्त्री आर्डनले सन् २०५० सम्ममा शुन्य कार्बन उत्सर्जनको लागि कानुन अगाडी ल्याएकी छिन् र उक्त विषयलाई अस्ट्रेलियामा पनि राख्ने उनको योजना रहेको छ ।

उनले वाणिज्यका बारे छलफल हुने बताएकी छिन् । यसै क्रममा अष्ट्रेलियाका आदिवासी मन्त्री केन व्याट र मावोरी विकास मन्त्री नानिया महुताले आदिवासी मुद्दाहरुमा एउटा महत्वपूर्ण सहयोग सहमतिमा हस्ताक्षर गर्नेछन् ।

प्रधानमन्त्री आर्डनले एनएसडब्ल्यू प्रिमियर ग्ल्याडिस बेरेजिक्लियन र गभर्नर-जनरल डेभिड हर्लीलाई पनि शुक्रबार राति न्यूजील्याण्ड फर्कने अघि भेट गर्ने छन् ।

सम्बन्धित शिर्षकहरु