पश्चिमी वायु फेरि सक्रिए पहाडी भेगमा पानी, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु फेरि सक्रिए भएको छ । पश्चिमी वायुको असरका कारण बुधबार देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोपख देशभरका पहाडी स्थानमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

अहिले उपत्यकासहित मध्य र पश्चिमी पहाडमा हल्का बादल लागेको छ । बुधबार राति देशभर नै बादल लागेर पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विषेश गरी पश्चिमका पहाडी क्षेत्रमा पश्चिमी वायुको असर धेरै पर्ने भएकाले मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम पहाडी भेगमा धेरै पानी पर्ने महाशाखाले जनाएको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको समेत सम्भावना रहेको छ ।

सम्बन्धित शिर्षकहरु