कोरोना भाइरसबाट एकैदिन ७३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन ७३ जनाको मृत्यु भएको छ। त्यसमध्ये ६९ जनाको मृत्यु हुबेई प्रान्तमा भएको हो। चिनिया स्वास्थ्य अधिकारीका अनुसार मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।

त्यस्तै बिहीबार रातसम्म थप ३ हजार १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गरिँदैछ। चीनमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार १ सय ६१ पुगेको छ।

अहिलेसम्म २५ वटा देशमा कोरोना भाइरस देखिएको थियो। त्यस्तै फिलिपिन्स र हङकङमा एक एक जनाको ज्यानसमेत गएको छ।

सम्बन्धित शिर्षकहरु