
काठमाडौं । काठमाडौंमा एक बिशेष उत्पेरणात्मक योग शिविर सम्पन्न भएको छ । योग तथा सकारात्मक सोच अभियान लाई विश्वव्यापीरुपमा लिएर हिडिरहनु भएको योगगुरु आर्चाय राजन शर्मा (भिमसेन सापकोटा) ले सञ्चालन गर्नु भएको उत्पेरणात्मक योग शिविर भब्य रुपमा सम्पन्न भएको हो ।
४२ देशको १ सय ४७ वटा सहरपछि काठमाडौं इन्देणी फुडल्याण्ड, नयाँ बानेश्वरमा भएको शिविरमा सर्यौको संख्यामा उपस्थिती रहेको थियो । जहाँ विदेशबाट समेत नेपालीहर सहभागि भएका थिए ।
योग तथा सकारात्मक अभियानलाई लिएर हिडिरहनु भएको आर्चाय राजन शर्मा उडिरहेको विमानमा समेत योग शिविर सञ्चालन गरेर विश्व रेकर्ड राख्न् भएको व्यक्ति हुनुहुनछ ।
जापानमा उत्पेरणात्मक शिविर सकेर सिधै नेपाल आउनु भएको अर्चाय शर्माले नेपालको पूर्वी नेपालको विभिन्न ठाँउमा उत्पेरणात्मक शिविर सञ्चालन गर्नू भएको थियो ।
अमेरिकामा विमान भित्रै योग गरेर विश्वकीर्तिमान कायम गरेका सकारात्मक सोचका अभियन्ता आचार्य राजन शर्मा “सुखसूत्र” नामक चर्चित पुस्तकका लेखक समेत हुन् । अष्ट्रेलियामा प्राध्यापक रहेका आचार्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय उपाध्यक्ष पनि हुन् ।
राजधानीमा भएको यस्तो कार्यक्रमले मानव मतिष्कको अभिवृद्धी तथा चेतनालाई सजग राख्न मात्र नभएर तनावमा रहेकालाई जीवनलाई कसरी अगाडी लैजाने र अन्योलमा रहेका व्यक्तिलाई पनि मार्ग दर्शन हुन सकेको सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै योगगुरु शर्माले आहार, विहार र प्रत्याहार सबैभन्दा पहिला आहार शुद्धि,आफ्नो शरिरको सोचको शुद्धिपछि अन्य शुद्धिहरु हुँदै जाने बताउनु भयो ।
मानिसहर आफु किन बाँची रहेको छु, म किन संसारमा आएको भन्नेकुरा थाहाँ नपाउदा अहिले उनिहरु अन्धा-धुन्ध दौडमा लागिरहेको तर अहिले मानिसहरु काम सकियो अहिले म खुशी छु भनेर कोहिपनि संसारवाट नउठेको कारण नै अहिले उनिहरु भित्रको अध्यामिकता जगाउनको उत्पेरणात्मक शिविरहरु सञ्चाल गदै आईरहेको योगगुरु शर्माले बताउनु भयो ।










