साकिराको यस्तो सरप्राइज

एजेन्सी, पप गायिका साकिराले ३९औँ जन्मदिन मनाउँदा आफ्ना प्रशंसकलाई सरप्राइज पनि दिएकी छिन् । उनले जन्मदिन मनाउन प्रशंसकसामु विनामेकअप पुगिन् । त्यहाँ सेल्फी खिचाइन् र सामाजिक सञ्जालमा त्यही विनामेकअप फोटो पोस्ट गरिन् ।

इन्स्टाग्राममा उनले राखेको तस्बिरमा लाखौँले लाइक गरेका छन् । सामाजिक सञ्जालमा उनलाई प्रतिक्रिया दिइएको छ, ‘साकिराले राम्री हुन मेकअप गर्नैपर्दैन, उनी यसै राम्री देखिएकी छिन् ।’

अवसर पारेर साकिराले केही समयपछि रिलिज हुने फिल्म ‘जुटोपिया’मा राखिएको आफ्नो गीतको भिडियो पनि लन्च गरेकी छिन् ।

Birthday bun / Una ducha y a celebrar mi cumple! Shak

A photo posted by Shakira (@shakira) on

Celebrating / Celebrando. Shak

A photo posted by Shakira (@shakira) on

सम्बन्धित शिर्षकहरु