ब्रिटिस एयरद्वारा चीनतर्फ जाने सबै उडानहरु रद्द गरेको घोषणा

कोरोना भाइरसको संक्रमण नघटेपछि ब्रिटिस एयरलाइन्सले चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्द गरेको घोषणा गरेको छ   ।

कोरोना भाइरस संक्रमण बढ्ने खतराका कारण चीनका मुख्य शहरसँगको सीधा हवाई उडान बन्द गरिएको एयरलाइन्सले जनाएको छ ।

चीनमा कोरोना भाइरसका कारण १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसको प्रभावको कारण आगामी मार्चसम्म चीनमा उडान नभर्ने जनाएको छ ।

चीनबाट फैलिएको कोरोनाभाइरस अमेरिका, जापान, अफ्रिकाका देशमा समेत देखिइसकेको छ । बुधबार मात्रै अस्ट्रेलिया र युएईमा कोरोनाभाइरस व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ ।

सम्बन्धित शिर्षकहरु