झापामा सात वर्षीया बालिका बलात्कृत

झापाको कानकाई नगरपालिका–१ मा आफ्नै बाबुले मादक पदार्थ सेवन गरी सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले ३० वर्षीय बुबालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीविरुद्ध मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु