सुनकाण्डका अर्का फरार अभियुक्त छिरिङले गरे आत्मसमर्पण

काठमाडौं । साँढे ३३ किलो सुनकाण्डका प्रमुख भूमिकामा रहेको आरोप लागेर फरार रहेका डेविड भनिने छिरिङ घलेले आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । केहि अघि सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणी उप्रेती गोरेले सुनकाण्ड छानबीन समितिमार्फत् आत्मसमर्पण गरेपछि लगतै अर्का फरार अभियुक्त एसएसपी श्याम खत्रीले पनि मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

छिरिङको आत्मसमर्पण गरेको पुष्टि गर्दै प्रहरीले आजै बयान शुरु गरिसकेको जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु