अस्ट्रेलिया डे को र्‍यालीमा नेपाली समाजको तर्फबाट पञ्चेबाजा सहितको झाँकी

अस्ट्रेलिया । अस्ट्रेलिया डे का अवसरमा आयोजित र्‍यालीमा नेपाली समाजको तर्फबाट पञ्चेबाजा सहितको झाँकी प्रस्तुत गरिएको छ ।

एडिलेड नेपाली समाजको संयोजन र एडिलेड पन्चेबाजा समूहको संयूक्त प्रयासमा परम्परागत नेपाली पञ्चे बाजा सडकमा घन्काइएका हुन् । कप्तान फिलीप आर्थरले बेलायतबाट पहिलो पानी जहाज अस्ट्रेलियन भूमिमा ल्याएको दिन २६ जनवरीलाई यहाँ राष्ट्रिय दिवसका रुपमा धुमधामका साथ मनाइन्छ।

यहाँका विभिन्न शहरमा आतिशबाजी र विविध कार्यक्रम गरेर यस दिन अस्ट्रेलिया डे मनाइन्छ। यस दिन यहाँ बसोबास गर्ने विभिन्न देशका स्थानीय समाजले विविध कला संस्कृति झल्काउनेगरी आफ्ना प्रस्तुति दिएका छन्।

दमाहा, ढोलक, टेम्को, कर्नलजस्ता परम्परागत बाजाले धेरैको ध्यान तानेको थियो। नेपाली परम्परागत बाजा र यसका बारेमा सोधखोज गर्नेहरु पनि उत्तिकै थिए।

सम्बन्धित शिर्षकहरु