कोरोना भाइरसको महामारी: चिनियाँ पर्यटकलाई ताइवान प्रवेश प्रतिबन्ध

एजेन्सी । ताइवानले आइतबार चिनियाँ पर्यटकमाथिको प्रतिबन्धमा थप कडाइ गरेको छ । चीनमा कोरोना भाइरस महामारीको रुप लिएको कारण देखाउँदै ताइवानमा पनि फैलन सक्ने भएकाले चिनियाँ पर्यटकमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

केही सीमित व्यापारिक पर्यटक तथा अपवादबाहेक अन्य चिनियाँ पर्यटक प्रवेशमा ताइवानले रोक लगाएको छ । अहिलेसम्म ताइवानमा तीनजना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

चीनको बुहान प्रान्तबाट फैलिएको भाइरसका तीनजना संक्रमित ताइवानमा भेटिएको रोयटर्सले जनाएको छ । चीनमा अहिलेसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा बढी संक्रमित छन् ।

ताइवानले चिनियाँ ुटुर ग्रुपु माथि पनि भ्रमण नगर्न आदेश गरेको छ । चिनियाँ व्यापारिक प्रयोजनका लागि आउने पर्यटकहरुलाई पनि स्वास्थ्य जाँच गरेर मात्र प्रवेश दिने गरिएको छ । ताइवानमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुले पनि अहिले फर्किने योजना स्थगित गरेका छन् ।

सम्बन्धित शिर्षकहरु