बार्सिलोना भ्यालेन्सियासँग पराजित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ । शनिवार राती भएको खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि बार्सिलोना भ्यालेन्सियासँग दुई–शून्य गोल अन्तरले पराजित भएको हो । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७७औँ मिनेतमा म्याक्सी गोमेजले गोल गर्दै भ्यालेन्सियाको जित सुनिश्चित गरे । बार्सिलोनाको यो हार हालै नियुक्त भएका प्रशिक्षक क्विक सेटिनका लागि क्लबमा पहिलो असफलता हो। खेल हारेपनि बार्सिलोना ४३ अङ्कसहित अङ्कतालिकाको शीर्षस्थानमै छ। अर्को प्रतिद्वन्द्वी रियल मड्रिडको पनि ४३ अङ्क नै भएपनि गोलअन्तरका आधारमा बार्सिलोना नै अग्रस्थानमा रहेको हो।

सम्बन्धित शिर्षकहरु