अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य ९ अर्ब रुपैयाँ

एजेन्सी । इरानका सैनिक कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकी हमलामा मारिएपछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् ।

आइतबार मात्रै अमेरिकी राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएका थिए । त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।

इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (९ अर्ब रुपैयाँ) तोकेको हो । जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।

ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

सम्बन्धित शिर्षकहरु