सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर दुई नेपालीको मृत्यु भएको छ । एक जना एक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको छन् । प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजेको हाराहारीमा बरारा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्दा दुईजना पानीमा बेपत्ता भएको खबर पाएपछि आपतकालीन सेवाका अधिकारीहरू उद्धार कार्यमा जुटेका थिए।
खोजी कार्य शुरू गरेपछि राति करिब साढे एघार बजे दुवै जनाको शव बरामद गरेको थियो।








