अस्ट्रेलियामा एक नेपाली बिद्यार्थीको मृत्यु

अस्ट्रेलिया । अस्ट्रेलिया एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । भिक्टोरिया राज्यस्थित मेलबर्नमा तनहुँको गुढांदी घर भएका दीपेन्द्र खनालको मृत्यु भएको हो ।

करिब ११ वर्षअघि विद्यार्थी भिसामा अस्ट्रेलिया आएका खनाल आफू बस्ने घरको बाथरुममा मृत फेला परेका थिए । उनले केही समय पहिले प्रोटेक्सन भिसाको आवेदन दिएका थिए ।

अहिले पनि उनी यसैको कानुनी प्रक्रियामा रहेको आफन्तले जानकारी दिए। साथीहरुसँग बस्ने उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत शरीरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर पोष्टमार्टम गर्न लगेको बताइएको छ।

सन २००८ मा विद्यार्थी भिसा कुकरी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए। उनका आफन्तहरुले उनी केही महिनादेखि कम सम्पर्कमा रहने गरेका बताएका छन्।

 

सम्बन्धित शिर्षकहरु