कास्कीमा ढिस्कोमा पुरिएर ५ जनाको मृत्यु

काठमाडौं । पोखरा महानगरपालिका २० मौजाबिसौनामा सडक बनाइरहेका पाँच जना मजदुरको पुरिएर ज्यान गएको छ । भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएर ज्यान गुमाउने सबै सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका रहेका छन् ।

ज्यान गुमाउनेमा तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेत रहेका छन् । उनीहरु मध्ये चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुमध्ये शव कस–कसको हो भन्ने खुलि सकेको छैन् भने सँगै काम गरिरहेका दुई जनाले भागेर ज्यान बचाएका थिए ।

सम्बन्धित शिर्षकहरु