जापानमा सन् १९५८ यताकै सबैभन्दा ठूलो आँधी

जापान । जापानमा सन् १९५८ यताकै सबैभन्दा ठूलो आँधी हगिबीसका कारण दसौं लाखलाई अन्यत्र जान आदेश दिइएको छ। यस आँधीले जापानको भूमि नछुँदै यसका कारण एकजनाको ज्यान गएको छ।

केही घन्टासम्म अविरल वर्षापछि जापानी मौसमविज्ञान विभागले राजधानी टोकियो र आसपासका क्षेत्रमा आपतकालीन उच्च सतर्कता अपनाउन विज्ञप्ति जारी गरेको हो। उक्त आँधी शनिबार साँझ २१६ किलोमिटर प्रति घन्टाको रफ्तारमा जापानको मध्य वा पूर्वी तटमा पुग्ने बताइएको छ।

यसै आँधीका कारण टोकियोका पूर्वमा पर्ने चिबा भन्ने ठाउँमा मिनिट्रक दुर्घटनामा ४९–वर्षीयको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्। प्यासिफिक समुद्रबाट आउँदै गरेको उक्त आँधी जापानी भूमिभन्दा अझै सयौं किलोमिटर टाढा छ। तर यसै आँधीका कारण चिबामा अविरल वर्षा र हावाहुरीका कारण एउटा घर पूर्ण रूपमा भत्केको छ।

टोकियो सहरका अधिकांश घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ भने उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन्।

सम्बन्धित शिर्षकहरु