भक्तपुरमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी

भक्तपुर । भक्तपुरको गट्ठाघर नजिक रहेको एक कपास फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि भक्तपुर, ललितपुर र काठमाडौंका दमकल परिचालन गरिएको छ भने प्रहरी र स्थानीय मिलेर सहयोगगरिरहेका छन् ।

कारखानामा लागेको बाहिरको आगो केहि नियन्त्रणमा आएपनि भित्र कपासमा सल्केको आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी वृत्त थिमीले जनाएको छ । आगलागीके कति कारणले भएको हो र कति क्षति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षकहरु