सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, एउटै मुद्दाको २२ पटक सम्म पेसी तोकियो

काठमाडौं । सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वोच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ ।
यी त प्रतिनिधि मुद्दा मात्रै हुन् ।

२०७१ देखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । आजको राजधानी दैनिक लेख्छ– अदालतमा वर्षैँदेखि पेसी तोकेर हेर्न नभ्याउने, स्थगित हुने र बेन्च बस्न नभ्याएर पेसी सर्ने क्रमले विगत ५ वर्षदेखि निरन्तरता पाउँदै आएको छ ।

सम्बन्धित शिर्षकहरु