नेपाली बालबालिकालाई सम्मान

अमृत शर्मा
अस्ट्रेलिया

चीनको सांघाइमा आयोजना भएको ´किड्स सुपर मोडल २०१९’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको जुनियर समुह तर्फ बाट अभिषेक घिमिरेले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् साथै ब्रोन्ज अवार्ड समेत जितेका छन् त्यसै गरि इशिका चौधरी र श्रृष्टि लिम्बुले क्रमश ट्यालेन्ट राउन्डमा दोस्रो र तेस्रो स्थान हासिल गरे भने दुबैले सिल्बर अवार्ड पनि प्राप्त गर्न सफल भय ।

इशिकाले भने भारतलाई प्रतिनिधित्व गरेकी थिइन । त्येसै गरि प्रि – टिन तर्फ रेश लिम्बु र गुञ्जना महर्जनले ब्रोन्ज र सिल्बर अवार्ड जित्न सफल भयका थिए । यही साउन २ गते देखि साउन ७ गते सम्म संचालन भएको सो प्रतियोगितामा बिश्व भरि बाट ५० वटा देशहरु सहभागी भएका थिए जुनियर तर्फ क्रमश अमेरिका र चीनले प्रथम भएका थिए भने प्रि टिन तर्फ युक्रेन र क्यानडाले प्रथम स्थान हासिल गरेको थियो। सो प्रतियोगितामा नेपाल बाट ‘ट्यालेन्ट स्टार नेपाल २०१९ ’ का विजेताहरुले पहिलो पटक प्रतिनिधित्व गरेका हुन् उनिहरुलाई परिवर्तन इभेन्ट हाउस, बाबा एजुकेशन कन्सल्टेन्सी तथा सुनौलो सपना नेपालले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराएका हुन् ।

साउन ११ गते शनिबार एउटा बिशेश कार्यक्रमको आयोजना गरि सहभागी सबै बालबालिकाहरुलाई नेपालको नाम बिश्वमा राख्न सफल भएकोमा स- धन्यवाद दिदै परिवर्तन इभेन्ट हाउस र बाबा एजुकेशन कन्सल्टेसीले सयुक्त रूपमा सम्मान गरेको थियो । सोही समारोहमा DSA Star २०१९ का बिजेताहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको नेशनल डिरेक्टर सोनिया जि आर ले जानकारि दिनु भयो ।

सम्बन्धित शिर्षकहरु