विपद् व्यवस्थापनको नाममा आइएनजीओले सके ५ वर्षमा २५ अर्ब, देखिएन उपलब्धि

काठमाडौं । विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले विगत ५ वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेका भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ। गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपपद्का नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो।

आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै भन्दै बर्सेनि औसत ५ अर्ब रुपैयाँ खर्च गरे पनि सरकारले सो खर्चको पारदर्शिताबारेसमेत कुनै अनुगमन गर्न सकेको छैन भन्ने खबर राजधानी दैनिकमा छ। ष्गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन ककार्य सञ्चालन केन्द्रका अनुसार विपद् व्यवस्थापनका नाममा विभिन्न १४३ वटा अन्तर्राष्ट्रिय स्रस्थाले मुलुकका विभिन्न जिल्लामा काम गरिरहेका छन्। तर उनीहरुको काम काजमा बढी र फिल्डमा अत्यन्तै कम देखिने गरेको छ।

सम्बन्धित शिर्षकहरु