मालिंगा चम्किएपछि श्रीलंकाले इंग्ल्यान्डलाई हरायो

एजेन्सी । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। मालिंगा चम्किएपछि लिड्समा भएको खेलमा इंग्ल्यान्डलाई श्रीलंकाले २० रनले पराजित गरेको हो।

२३३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७ ओभरमा २१२ रन बनाउँदै अल आउट भयो।
मालिंगाले ४ र धनन्जय दा शिल्भाले ३ विकेट लिएका थिए। १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएका मालिंगाले सर्वाधिक ४ विकेट लिएका हुन्।

इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले ३र३ विकेट लिएका थिए भने आदिल रशिदले २ तथा क्रिस वोक्सले १ विकेट हात पारेका थिए। जो रुट र बेन स्टोकले अर्धशतक प्रहार गरे पनि सफलता पाउन सकेनन्।
यो प्रतियोगितामा श्रीलंकाको यो दोस्रो जित हो।

 

सम्बन्धित शिर्षकहरु