चौतर्फी दबावपछि विवादीत गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको हो । ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो।

आज विशेष पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको जानकारी गराइन्। यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

 

सम्बन्धित शिर्षकहरु