मानवीय ज्यादतीका कारण पृथ्वीको भविस्य भयावह हुने वैज्ञानिकको चेतावनी

काठमाडाैं । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् ।

१६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको दुई संस्थाले जनाएका हुन् । सामुद्रिक मौसम परिवर्तनको चक्र ‘अल नीनो’ बिनानै गर्मीको पारो चढेकाले चिन्ता थपिएको बेलायती मौसम विभागका कार्यकारी निर्देशक पीटर स्टोटले जानकारी दिए ।

अल नीनो प्रभावित सन् १९९८ भन्दा पनि बढी तातो २०१७ को वर्ष रहेकामा वैज्ञानिकहरु आश्चर्यमा परेका हुन् । उता नासाले अल नीनोकै कारण अन्टार्टिकामा वर्षेनी दश इन्च हिउँ पग्लिरहेको दावी गरेको छ ।

सम्बन्धित शिर्षकहरु