काठमाडौं । पर्यटनलाई आर्थिक विकासको आधार मानिन्छ। ५ नम्बर प्रदेश पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित अघि बढेको छ। पर्यटनको आधार सेवा व्यवसायलाई लिइन्छ। होटल तथा रेस्टुराँहरूबाट प्राप्त हुने सेवाको गुणस्तरले पर्यटकहरूलाई लोभ्याउँछ। पर्यटकहरूलाई आवश्यक सेवा उपलब्ध गराउने लक्ष्यसहित खोलिएका रूपदेन्हीका कतिपय होटलमा भने देह व्यापारसमेत भएको पाइन्छ।
कुनै बेला मुम्बईमा नेपाली चेलीले नारकीय जीवन बिताइका समाचार बग्रेल्ती आउँथे। अहिले भने नेपालमै चेलीहरूलाई बन्धक बनाई यौन शोषण गर्ने गरेको आरोप लागेको छ। रूपन्देहीका होटलमा यौनधन्दा मात्र होइन, युवतीको ‘किनबेच’ समेत हुने गरेको खुलासा भएको छ। स्वस्तिक श्रेष्ठले लेखेको यो खबर आज प्रकाशित साप्ताहिकमा छापिएको छ।
रूपन्देहीका कतिपय सानाठूला होटलमा युवती सप्लाई हुने गरेको प्रहरीको दाबी छ। यस क्रममा इलाका प्रहरी कार्यालयले बुटवलले एक हप्ताको अवधिमा दुईवटा होटल सञ्चालकलाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ।








