अस्ट्रेलियाकी एक महिलाले फेसबुकमार्फत श्रीमानलाई बदनाम गराउन खोज्दा उल्टै ७ लाख ९०हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ ।
अस्ट्रेलियाको एउटा अदालतले रोबिन ग्रीभलाई फेसबुकमा आफ्नै श्रीमानलाई बदनाम गराएको आरोपमा ७ लाख ९०हजार रुपैयाँ जरिवाना तिराएको हो । ती महिलाले फेसबुक स्ट्याटसमा आफ्नो पूर्व पतिमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।
‘सिड्नी मर्निङ्ग हेराल्ड’ का अनुसार १२ डिसेम्बरका दिन फेसबुकमा गरिएको पोष्टमा रोबिनले आफ्नो विवाहको १८ वर्षपछि आफ्ना श्रीमान मीरो डाब्रोभ्सकीसँग अलग हुने निर्णय गरेकी थिइन् । पोष्टमा उनले सम्बन्ध विच्छेदको कारण घरेलु हिंसा र दुर्व्यवहार बताएकी थिइन् ।
पश्चिम अस्ट्रेलियाको जिल्ला अदालतका न्यायाधीशले स्कुल अध्यापक डाब्रोभ्सकीको पक्षमा फैसला गर्दै महिलालाई जरिवाना गराएका हुन्। न्यायाधीशले भनेका छन्–ग्रीभले यो कुरा गर्न सकिनन् कि उनको टिप्पणीमा वास्तविकता छ ।
न्यायाधीशले फैसलामा भने–श्रीमानको घरमा घरेलु हिंसा र दुर्व्यवहार आम हो ।र, कुनै साक्षीको अनुपस्थितिमा यो पनि सम्भव छ कि एक जीवनसाथी अर्कोमा उसको छवि धुमिल गर्नका लागि आरोप लगाइरहेको छ।तैपनि घटनाको गम्भीरता हेरेर उनकै पक्षमा फैसला गरियो।
न्यायाधीशले ग्रीभ एक विश्वसनीय साक्षी नभएको भन्दै उनले त्यही गरे र लेखे जुन उनको पक्षमा समर्थन गर्दछ । खबरअनुसार न्यायाधीशले भने कि डाब्रोभ्सकीको प्रमाणमा पनि विश्वसनीयताकोकमी छ ।







