शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो ।उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन । मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ । डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो । नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा। निरव गौरको टिम आएको थियो । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन् । अस्पतालले वर्षमा १२ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित शिर्षकहरु