सर्वाधिक कर तिर्नेलार्इ सम्मान : संस्थागततर्फ सूर्य नेपाल र व्यक्तिगततर्फ सिद्धार्थ राणा

काठमाडौं । साताैँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी राजश्व/अायकर तिर्ने विभिन्न क्षेत्रका १५ वटा कम्पनी/संस्था/व्यक्तिलार्इ सम्मान प्रदान गरेकाे छ । गत अार्थक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी राजस्व तिर्नेमा सूर्य नेपाल कम्पनी रहेकाे छ । अर्थमन्त्रालयअन्तरगत आन्तरिक राजस्व विभागद्वारा अाज यहाँ आयोजित सातौं राष्ट्रिय कर दिवस समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले सबैभन्दा बढी राजस्व तिर्ने सूर्य नेपाललार्इ सम्मान गरेका छन् । कम्पनीका तर्फबाट प्रतिनिधि रवि केसीले उक्त सम्मानपत्र ग्रहण गरे ।

यसैगरी वित्तीय क्षेत्रतर्फ सबैभन्दा बढी राजस्व तिर्नेमा नबिल बैंक रहेकाे छ । बैंकका तर्फबाट प्रतिनिधि सिइओ अनिल केशरीलार्इ अर्थमन्त्री डा. खतिवडाले सम्मानपत्र हस्तान्तरण गरे ।यसैगरी सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा रहेका छन् । उनलाई पनि सरकारका तर्फबाट अर्थमन्त्रीले सम्मान प्रदान गरेका छन् । निर्यात उद्योगतर्फ भने सबैभन्दा धेरै कर तिर्नेकाे सम्मान डाबर नेपालले प्राप्त गरेकाे छ ।

उता उद्योगतर्फ हिमाल पावर कम्पनी सम्मानित भएकाे छ भने कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालिले सबैभन्दा बढी कर तिर्नेकाे सम्मान प्राप्त गरेकाे छ । यस्तै सहकारी तथा लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले धेरै कर तिर्नेकाे सम्मान पाएकाे छ । आन्तरिक राजस्व विभागले वर्षेनी राष्ट्रिय कर दिवसका अवसरमा उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु