नयाँदिल्ली । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको हारको शतप्रतिशत जिम्मेवारी लिने बताएका छन् । उनले आफ्ना कार्यकर्तालाई चुनावी हारबाट डराउनुपर्ने स्थिति नभएको बताएका छन् । उनले भने, “हामीले चुनाव हारे पनि सिद्धान्तलाई जिताउनेछौं। हारको शतप्रतिशत जिम्मेवारी म लिन्छुँ ।”
सात चरणमा ५४२ सिटका लागि भएको निर्वाचनको मतपरिणाको दिन बिहीबार उनको पार्टीले हार व्यहोर्ने निश्चित भएपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जीतको बधाईका साथै दोस्रो कार्यकालको लागि शुभकामनासमेत दिएका छन् ।
उनले भने, “हाम्रो लडाईं विचारधाराको हो । म जनादेश उच्च सम्मान गर्छु । भारतीय जनताले आफ्नो फैसला सुनाएका छन् की नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्नेछन् ।”उनले अमेठीमा उनकी प्रतिद्वन्द्वी स्मृति इरानीलाई पनि जीतको बधाई दिएका छन् । उनले भने, “म स्मृति इरानीलाई भन्न चाहन्छु कि अमेठीको प्रेमका साथ ख्याल गर्छु ।” गान्धीले केरलस्थि वायनाड क्षेत्रमा जिता हात पारेका छन् ।भारतमा भाजपा अहिलेसम्म ३४७ स्थानमा अगाडि छ भने गान्धी नेतृत्वको कांग्रेस ८७ स्थामा अघि छ ।








