काकडभिट्टाबाट आउँदै गरेको बस त्रिशूली नदीमा खस्यो

काठमाडौं । धादिङको आदामघाटबाट त्रिशूली नदीमा ना.७ ख ४३८७ नम्वरको बस खसेको छ । दुर्घटनामा कम्तिमा ३ जना यात्रुको मृत्यु भएको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु